५ महानगरको खर्च ६० प्रतिशतभन्दा माथि, काठमाडौंको ३६ मात्रै
मुलुकमा ६ वटा महानगरपालिकामध्ये ५ वटाले आर्थिक वर्ष (आव) ०७९/८० को बजेट विनियोजनमध्ये ६० प्रतिशतभन्दा बढी खर्च गरे । तर, देशकै सबैभन्दा ठूलो बजेट रहेको काठमाडौं महानगरपालिकाको खर्च भने सबैभन्दा कम ३६ प्रतिशतमात्रै हुन सकेको छ ।
देशभरका अन्य महानगरपालिकाले खर्च गर्ने क्षमता बढाइरहँदा काठमाडौंको विगत वर्षहरुको तुलनामा पनि खस्केको देखिएको छ ।