राष्ट्र बैंकको वित्तीय विवरण : आर्थिक अवस्थामा सुधार आएसँगै महंगी घट्यो
नेपाल राष्ट्र बैंकको सार्वजनिक गरेको आर्थिक तथावित्तीयविवरणले देशको आर्थिक स्थितिमा सुधार आए संगै महंगी घटेको देखाएको छ ।
सोमवार राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमानआर्थिक तथावित्तीय स्थिति’ को रिपोर्टअनुसार, चालु आवको जेठ महिनामावार्षिक उपभोक्ता मुद्रास्फीति १.७३ प्रतिशतले घटेको छ । यो मुद्रास्फीति दर गतवर्षको सोहीअवधिको तुलनामामहँगी घटेको हो ।
जेठ महिनामावार्षिक बिन्दुगतउपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेकोमा अघिल्लो वर्षको सोहीमहिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो ।
तथ्यांक अघिल्लो आवको तुलनामा १.७३ प्रतिशतकमहो ।
जसमाखाद्यतथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर-खाद्यतथा सेवा समूहको मुद्रास्फीति७.७६ प्रतिशत रहेको छ ।
यस्तै, खाद्यतथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप-समूहकोवार्षिक बिन्दुगतमूल्य सूचकाङ्क ३५.२९ प्रतिशत,दुग्धपदार्थ तथा अण्डाको १०.९८ प्रतिशत, रेष्टुरेण्ट तथाहोटलको १४.३६ प्रतिशत, सुर्तीजन्यपदार्थको ८.४९ प्रतिशत र खाद्यतथाखाद्यजन्यपदार्थको १३.०६ प्रतिशतले बढेको छ । तर,घ्यू तथा तेल उप-समूहकोवार्षिक बिन्दुगतमूल्य सूचकाङ्क १६.६० प्रतिशतले घटेको छ ।
उक्तविवरणले समीक्षामहिनाको यो अवधिमा काठमाडौं उपत्यकामा७.१९ प्रतिशत, तराईमा ६.९३, पहाडमा ६.२८ र हिमालमा ६.३९ प्रतिशत मुद्रास्फीति रहेको छ ।