युरोपका ११ राजीनामा प्रकरण : यौन, चोरीदेखि झुटा प्रकरणसम्म
एक जोडी चश्माका कारण उच्च पदबाट राजीनामा दिनुपर्ने स्थिति आउला भन्ने कल्पना नर्वेका वामपन्थी नेता बिजोनार मोक्सले सायदै सोचेका थिए । ओस्लोको विमानस्थलभित्रको पसलबाट महंगो चश्मा चोरी गरेको दृश्य क्यामेरामा कैद भएपछि उनले पार्टीको नेताबाट राजीनामा दिनुपरेको थियो ।
‘धेरै मानिसहरुले मलाई यस्तो मुर्खतापूर्ण काम गरेकोप्रति प्रश्न गर्छन् तर यो विषयमा मैले उनीहरुलाई प्रर्याप्त व्याख्या गर्न सक्दिनँ’, उनले फेसबुकमा लेखेका छन् ।उनी त एक प्रतिनिधिमात्रै हुन् । यौन चोरी तथा झुटा अभिव्यक्तिजस्ता कारण युरोपका ११ नेताले राजीनामा दिनुपरेको छ ।