महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाल र पाकिस्तान भिड्दै, नेपालले बलिङ गर्ने
हङकङमाजारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसियाकपमा नेपालले पाकिस्तान ए विरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।
आजमंगबार हङकङको मङकङ क्रिकेट मैदानमा नेपालले पाकिस्तान ए विरुद्ध टस जितेर बलिङ रोजेको हो । प्रतियोगिताअन्र्तगतआफ्नो पहिलो खेलमा नेपालले बलिङ रोजेपछि पाकिस्तान ए ले पहिले ब्याटिङ गर्दैछ ।
पाकिस्तानकालागिपनि यो प्रतियोगितामापहिलो खेल हो ।
थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमानामफिर्ता लिएसंगै नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।
एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसियाकपमा नेपालीमहिला टोलीको यो पहिलो सहभागीताहो ।
प्रतियोगितामा नेपाल समूह ए मा छ भने नेपाल रहेको समूहमाहङकङ, भारत र पाकिस्तानका छन् ।
दोस्रो खेल नेपालले १५ जुनमाभारतसँग खेल्नेछ । नेपालले १७जुनमा घरेलु टोलीहङकङसँग खेल्नेछ ।
समूहबीमामलेसिया, युएई, बंगलोदश र श्रीलंका ए रहेका छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमापुग्नेछन् । प्रतियोगिताको सेमिफाइनल १९ जुनतथाफाइनल २१ जुनमाहुनेछ ।