विश्वकप छनोट : नेपालद्वारा घरेलु टोली जिम्बाबेलाई २ सय ९१ रनको लक्ष्य पेश
नेपालले घरेलु टोलीजिम्बाबेलाई २ सय ९१ रनको लक्ष्यदिएको छ ।
आईसीसीएकदिवसीयविश्वकप छनोट प्रतियोगिताअन्तर्गत आइतबार जिम्बाबेको राजधानी हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमाभएको खेलमा नेपालले निर्धारित ५० ओभरमा८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको छ ।
नेपालकालागिओपनर कुशलभुर्तेलले सर्वाधिक ९९ रनको योगदान गरे । शतकबनाउन १ रनले चुकेकाउनी एक दिवशीयअन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो शतकबनाउने कीर्तिमानबाट पनि चुके ।
शानदार सुरुवात गरेको नेपालले पहिलो विकेट गुमाउँदात्यो विकेट दुर्भाग्यकुशलभुर्तेलको नाममा रहयो ।
कुशललाई ९९ रनमागुमाउँदा १ सय ७१ रन जोड्दा पहिलो विकेट खसेको थियो । यो एक दिवशीयअन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा ठूलो साझेदारी पनि बनेको छ ।
कुशलले ९५ बलको सामना गरी १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाए।जिम्बाबेकावेलिङटन मासाकाद्जाको हातबाट बोल्ड भएकाकुशलले यस अघि नामिबियाविरुद्ध विश्वकपलिग २ मा१ सय १५ रन बनाएकाथिए ।
यस्तै कुशललाई पहिलो विकेटका लागि साथदिएका १ सयबलको सामना गरेर ७ चौकाको सहयोगमा ६६ रनको योगदान गरे ।
यीदुई खेलाडी अलावा नेपालकालागिकुशलमल्लले ४१, कप्तान रोहितपौडेलले ३१, आरिफ शेखले १०, गुल्सनझाले १३, करण केसी नटआउट २ रन बनाउँदाभीम सार्की विना रन बाहिरिएकाथिए ।
यस अघि जिम्बाबेले टस जितेर नेपाललाई पहिलो फिल्डिङको निम्तो दिएको थियो ।