यस्तो छ,आजको विदेशी मुद्रा विनिमय दर
नेपाल राष्ट्र बैंकले आज(सोमवार)का लागिविदेशी मुद्राको विनिमय दर सार्वजनि गरेको छ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४९ पैसा र बिक्री दर १६६ रुपैयाँ २४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ५१ पैसा र बिक्री दर १४२ रुपैयाँ १६ पैसा रहेको छ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ २५ पैसा पुगेको छ।कतारी रियालकोमूल्यएकको खरिद दर ३६ रुपैयाँ १० पैसा र बिक्री दर ३६ रुपैयाँ १६ पैसा रहेको छ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।