पाकिस्तानविरुद्ध नेपालको सानदार सुरुआतः बर्षाले खेल प्रभावित
काठमाडौं । हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान ए विरुद्ध सानदार सुरुआत प्रर्दशन गरेको छ ।
हङकङको मङकङ क्रिकेट मैदानमा नेपालले पाकिस्तान ए विरुद्ध टस जितेर बलिङ रोजेको नेपालले सानदार सुरुआत गरेको हो ।
पाकिस्तान ए लेलाई ब्याटिङका लागि निम्तो दिएको नेपालले बलिङ रोजेपछि १५ ओभरको खेल सकिँदा ७ विकेट लिएर ६५ रन दिएको छ ।
तर अहिले बर्षाका कारण खेल केही समयका लागि रोकिएको छ ।
नेपालका लागि कविता जोशी र सिता राना मगरले समान २÷२ विकेट लिएका छन् । त्यस्तै इन्दु बर्मा र कविता कुवँरले १ ÷ १ विकेट लिएका छन् । पाकिस्तानका लागि सवाल जुल्फिकरले सर्वाधिक २८ रन जोडिन् ।
थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएसंगै नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।
एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।
प्रतियोगितामा नेपाल समूह ए मा छ भने नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका छन् ।
दोस्रो खेल नेपालले १५ जुनमा भारत सँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङ सँग खेल्नेछ ।
समूह बी मामलेसिया, युएई, बंगलोदश र श्रीलंका रहेका छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्न्े छन् । प्रतियोगिताको सेमिफाइनल १९ जुन तथा फाइनल २१ जुन मा हुनेछ ।