पर्यटन, जलविद्युत र कृषिमा लगानी बढाउन अर्थ मन्त्रीको आग्रह
काठमाडौं । अर्थमन्त्रीप्रकाश शरण महतले, पर्यटन, जलविद्युत, कृषिव्यवसाय र सूचनाप्रविधिको क्षेत्रमालगानी बढाउन निजि क्षेत्रलाई आग्रह गरेका छन् ।
लगानीवोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा संयुक्त रुपमाआयोजित ‘नेपालमालगानीकालागिअन्तर्राष्ट्रिय सम्मेलन’कार्यक्रमलाई सम्बोधनगर्दै उनले पर्यटन, जलविद्युत, कृषिव्यवसाय र आईटी लगायतका क्षेत्रहरूले प्रतिफलको आकर्षक दर सुनिश्चितगर्ने भन्दै लगानी बढाउन आग्रह गरे ।
त्यसकालागिलागिनीतिगतव्यवस्थागर्न नेपाल सरकार तयार रहेको उनको भनाई छ ।
उनले भने,‘हाम्रो तुलनात्मकलाभका केही सम्भावित क्षेत्रहरूमाध्यान केन्द्रितगर्न दिनुहोस् । जसमापर्यटन, जलविद्युत, कृषिव्यवसाय र आईटी लगायतका क्षेत्र पर्दछन् । यी क्षेत्रहरूले प्रतिफलको आकर्षक दर सुनिश्चितगर्दछ । ती क्षेत्रमालगानीप्रवर्द्धनगर्न नेपाल सरकार अनुकूलवातावरण र प्रतिस्पर्धात्मकनीतिगतव्यवस्थागर्न तयार छ । हामीआगामीदिनमा सम्भाव्यवित्तिय साधनको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौं।’
हाल नेपालमाप्रत्यक्ष वैदेशिकलगानी दक्षिण एसियामाप्रवाहित कोषको ०.३ प्रतिशतमात्ररहेको जानकारी दिदैँ अर्थमन्त्रीमहतले मूल्याङ्कनप्रक्रियापुनः सुरु गर्न र लगानीअनुकूलवातावरण बनाउन सरकार तयारले आवश्यकपहलगर्ने जानकारी दिए ।
केन्द्रीय बैंकले हालै जारी गरेको चालु आर्थिक वर्षको पहिलो नौ महिनाको बृहत् आर्थिक तथ्याङ्कले गतआर्थिक वर्षको सोहीअवधिमा १४२ मिलियन अमेरिकी डलरको तुलनामा ३४ मिलियन अमेरिकी डलर भित्री एफडीआई प्रवाहन्यून रहेको देखाउँछ।’उनले भने ‘नेपालले स्थायित्व र लचिलोपनमापर्याप्तध्यानदिएर आफ्नो बृहत् अर्थतन्त्रको व्यवस्थापनगरिरहेको छ।’
उच्च सम्भावितजनसांख्यिकीयलाभांशभएको युवाजनसङ्ख्या र कोभिड पछि हामीले देखेको डिजिटल परिवर्तन नेपालकोसकारात्मकपक्षभएको उनले बताए ।
उनले भने ‘नेपालको औसत उमेर २६ वर्ष मुनिको छ र राष्ट्रिय योजनाआयोगले सन् २०५० सम्म देशमाजनसांख्यिकलाभांशकायम रहने प्रक्षेपण गरेको छ। हामीसँगअझै पनियुवाजनसङ्ख्या हुनेछ जसले आगामीदिनको लागि देशको आर्थिक गतिविधिलाई सहयोग गर्नेछ।’
प्राप्त सोतसाधनकोअधिकतमउपयोग चुनौतीभएको बताएकामन्त्रीमहतले नेपालको आन्तरिक शक्तिलाई पूर्ण रूपमापुँजीकरण गर्न नसकिएको स्वीकार गरे ।
पर्यटन, जलविद्युत र कृषिमा लगानी बढाउन अर्थ मन्त्रीको आग्रह
काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले, पर्यटन, जलविद्युत, कृषि व्यवसाय र सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन निजि क्षेत्रलाई आग्रह गरेका छन् ।
लगानी वोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा संयुक्त रुपमा आयोजित ‘नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आईटी लगायतका क्षेत्रहरूले प्रतिफलको आकर्षक दर सुनिश्चित गर्ने भन्दै लगानी बढाउन आग्रह गरे ।
त्यसका लागि लागि नीतिगत व्यवस्था गर्न नेपाल सरकार तयार रहेको उनको भनाई छ ।
उनले भने, ‘हाम्रो तुलनात्मक लाभका केही सम्भावित क्षेत्रहरूमा ध्यान केन्द्रित गर्न दिनुहोस् । जसमा पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आईटी लगायतका क्षेत्र पर्दछन् । यी क्षेत्रहरूले प्रतिफलको आकर्षक दर सुनिश्चित गर्दछ । ती क्षेत्रमा लगानी प्रवर्द्धन गर्न नेपाल सरकार अनुकूल वातावरण र प्रतिस्पर्धात्मक नीतिगत व्यवस्था गर्न तयार छ । हामी आगामी दिनमा सम्भाव्य वित्तिय साधनको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौं ।’
हाल नेपालमा प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एसियामा प्रवाहित कोषको ०।३ प्रतिशत मात्र रहेको जानकारी दिदैँ अर्थमन्त्री महतले मूल्याङ्कन प्रक्रिया पुनः सुरु गर्न र लगानी अनुकूल वातावरण बनाउन सरकार तयारले आवश्यक पहल गर्ने जानकारी दिए ।
केन्द्रीय बैंकले हालै जारी गरेको चालु आर्थिक वर्षको पहिलो नौ महिनाको बृहत् आर्थिक तथ्याङ्कले गत आर्थिक वर्षको सोही अवधिमा १४२ मिलियन अमेरिकी डलरको तुलनामा ३४ मिलियन अमेरिकी डलर भित्री एफडीआई प्रवाह न्यून रहेको देखाउँछ।’ उनले भने ‘नेपालले स्थायित्व र लचिलोपनमा पर्याप्त ध्यान दिएर आफ्नो बृहत् अर्थतन्त्रको व्यवस्थापन गरिरहेको छ।’
उच्च सम्भावित जनसांख्यिकीय लाभांश भएको युवा जनसङ्ख्या र कोभिड पछि हामीले देखेको डिजिटल परिवर्तन नेपालको सकारात्मक पक्ष भएको उनले बताए ।
उनले भने ‘नेपालको औसत उमेर २६ वर्ष मुनिको छ र राष्ट्रिय योजना आयोगले सन् २०५० सम्म देशमा जनसांख्यिक लाभांश कायम रहने प्रक्षेपण गरेको छ। हामीसँग अझै पनि युवा जनसङ्ख्या हुनेछ जसले आगामी दिनको लागि देशको आर्थिक गतिविधिलाई सहयोग गर्नेछ।’
प्राप्त सोतसाधनको अधिकतम उपयोग चुनौती भएको बताएका मन्त्री महतले नेपालको आन्तरिक शक्तिलाई पूर्ण रूपमा पुँजीकरण गर्न नसकिएको स्वीकार गरे ।