प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रह ः सञ्चार क्षेत्रलाई मर्यादित जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणलीको विकास गर्नुहोस्
काठमाडौं । विश्व प्रेस स्वतन्त्रतादिवसको अवसरमाप्रधानमन्त्रीपुष्पकमलदाहाललेशुभकामनादिदै संविधानमाप्रेस तथाअभिव्यक्ति स्वतन्त्रताको पूर्ण व्यवस्था गरेकाले त्यसको व्यवहारिक कार्यान्वयन गराउन सञ्चार क्षेत्रकोलागिआवश्यकनीतिगत,कानुनीएवं पुर्नःसंरचनागत सुधारकाको लागिध्यानदिएको बताएका छन् ।
बुधवार प्रधानमन्त्री प्रचण्डले एक शुभकामना सन्देश जारी गर्दै नेपालको संविधानको मूलमर्म र भावनाएवम् संघीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको नीतिगत,कानूनी र व्यवहारिक पक्षमापुनःसंरचनागर्नुपर्ने प्रमुखआवश्यकताभएको उल्लेख गरेका हुन् ।
उनले सरकारले सञ्चार क्षेत्रको विकासकालागिश्रमजीवीप्रत्रकार ऐनको पूर्ण कार्यान्वयनको पहल भैरहेको तथापत्रकारको क्षमता र दक्षता वृद्धि र विकासकालागिआमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापनाको पहलगरिरहेको भन्दै सञ्चार क्षेत्रले पनिआफूलाई मर्यादित, जिम्मेवार र जवाफदेहीबनाउन स्वनियमन प्रणालीको विकास गर्ने आग्रह गरे।
‘‘श्रमजीवीपत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षताअभिवृद्धिका लागिआमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, सञ्चारमाध्यमको नियमनकालागिआमसञ्चार प्राधिकरण जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनःसंरचना, सञ्चारमाध्यमलाई सञ्चार सेवाउद्योगको मान्यता, विज्ञापन बोर्डमार्फत् सरकारी विज्ञापनको समानुपातिकवितरण, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्यबीमा, जेष्ठ तथाअशक्तपत्रकारलाई जीवननिर्वाहभत्ताको व्यवस्थाएवं एकीकृत आमसञ्चार विकास कोषको स्थापनाकालागि सरकारका तर्फबाट पहलभइरहेको जानकारी गराउँदछु ।’’ जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा नभएर समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्नविषयभएको बताएकाउनले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेसले खेलेको महत्वपूर्ण भूमिकालाई सरकारले बुझेको उल्लेख गरेका छन् ।
विश्व प्रेस स्वतन्त्रतादिवस मे तीनमाविश्वभर मनाईंदै आएको छ । नेपालमापनिप्रत्रकारका आमसञ्चार क्षेत्र तथापत्रकारका हकहितकालागिकामगर्ने संघ संस्थाले विभिन्नकार्यक्रमगरि मनाउँदै छन् । बुधवार नेपालपत्रकार महासंघले बिहानै प्रभातफेरी निकालेको छ ।