आजको फलफूल तथा तरकारीको मूल्य
काठमाडौं । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आज(आइतबार)को लागि तरकारी तथाफलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, नेपाली सानो गोलभेँडा प्रतिकेजीन्युनतम ५० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, सेतो आलु २६ रुपैयाँ, स्थानीयकाउली ६० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, लोकलगाजर ८० रुपौयाँप्रतिकेजीमूल्यनिर्धारण गरेको छ ।
त्यस्तै, भारतीय सुकेको प्याज ३४, लोकल घिउ सिमी ८०, मटरकोशा १४०,तने बोडी ७०,भन्टा डल्लो ६०,भटमासकोशा ११०,तिते करेला ६०,लौका ५०,परवल११०,घिरौंला ६०,हरियो फर्सी ४०,कन्यच्याउ १८०,डल्ले च्याउ ४००,कुरीलो ३००,ब्रोकाउली १६० र तोफु १२०,रुख कटहर ६०,लोकलकाँक्रो ११० रुपैयाँमाबिक्री भैरहेको छ ।
हिजोको तुलनामाआज मेथिको सागमा २०,धनियाँ,१० र हरियो प्याजमाप्रतिकेजी १० रुपैयाँले मूल्य बढेको छ ।
चमसूरको साग १२०, पालुंगो साग १२०,रायो साग ६०,तोरीको साग ४०,हरियो प्याज ९०,हरियो लसुन ९०,मेथिको साग १२०, हरियो धनियाँ ५०,रुपैयाँप्रतिकेजीन्यूनतममूल्यतोकिएको छ ।
त्यस्तै, हरियो अंगुर १५०,कालो अंगुर ३००,अनार२५०,कागती १८०, आभोकाडो ४००,तरबुजा ३०,नेपालीमेवा७०,फूजी स्याउ २५०,मौसम १५०, केरा दर्जनको १३०,दशहरी आँप (भारतीय) २०० रुपैयाँप्रतिकेजीमाबिक्री भैरहेको कालिमाटी फलफूलतथा तरकारी बजार विकास समितिले जनाएको छ ।