पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ
काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले उनलाई ललितपुरको सुनकोठीबाट पक्राउ गरेको हो ।
नक्कली भुटानी शरणार्थी घटनामा अनुसन्धान गर्न राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए । उनले भने,‘इन्द्रजित राई पक्राउ परेका छन् । संठठित अपराध तथा ठगि मुद्यामा उनी विरुद्ध अनुसन्धान गर्नु पर्ने देखियो । त्यसो हुँदा उनलाई पक्राउ गरिएको हो ।’
राई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको अभियोगमा प्रहरीले केशव दुलाल, सागर थुलुङ राई, टेक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा राई पनि संलग्न रहेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनामा राईका छोरा निरज राईको पनि संलग्नता रहेको खुलेको छ । उनीहरु विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान भइरहेको छ । उनीहरुले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान ८ सय ७५ नेपाली नागरिकसँग रकम असुलेको अनुसन्धानबाट खुलेको छ । १० देखि १५ लाख रुपैयाँका दरले उनीहरुले रकम असुलेको प्रहरीको भनाई छ ।
पूर्वगृहमन्त्रीबादलकासुरक्षासल्लाहकारइन्द्रजितराईपक्राउ
काठमाडौं।पूर्वगृहमन्त्रीरामबहादुरथापा ‘बादल’कासल्लाहकारइन्द्रजितराईलाईप्रहरीलेपक्राउगरेकोछ।जिल्लाप्रहरीपरिसरकाठमाडौंबाटखटिएकाप्रहरीटोलीलेउनलाईललितपुरकोसुनकोठीबाटपक्राउगरेकोहो।
नक्कलीभुटानीशरणार्थीघटनामाअनुसन्धानगर्नराईलाईपक्राउगरिएकोजिल्लाप्रहरीपरिसरकाठमाडौंकाप्रवक्ताएसपीसितारामरिजाललेजानकारीदि