डा. ढाकाकुमारको आडियो सम्वन्धमा रास्वपाले आज निर्णय लिने
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग सांसद डा. ढाकाकुमार श्रेष्ठले दुई करोड माग गरेको अडियो प्रकरण सम्वन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज(बुधवार) निर्णय लिने भएको छ ।
प्रसाईँ र डा. श्रेष्ठबीेचको अडियो आइतवार सार्वजनिक भएको थियो । चौतर्फी आलोचना भएपछि रास्वपाले घटना सम्वन्धमा छानविन गर्न पार्टीको अनुशासन आयोगलाई निर्देशन दिएको थियो । आयोगले मंगलवार नै प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनमा निर्णय लिन रास्वपाले बुधवार दिउँसो २ बजे बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बसुन्धरामा बस्नेछ ।
डा. श्रेष्ठले र प्रसाईँसँग दुई करोड रुपैयाँ माग गरिएको सार्वजनिक भएको दुई दिनपछि पुनः अर्को अडियो सार्वजनिक भएको थियो । पछिल्लो अडियोको प्रसंग पनि प्रसाईँ र श्रेष्ठसँगै जोडिएको छ । अडियोमा प्रसाईँ र डा. श्रेष्ठको भाई भनि परिचय दिने व्यक्तिबीचको संवाद सुनिन्छ । संवादमा आफुलाई डा. श्रेष्ठको भाई भन्ने व्यक्तिले प्रसाईँ सांसद पद गएको र पार्टीले साधरण सदस्यताबाट समेत हटाउन लागेको भनेका छन् ।