प्रधानमन्त्री प्रचण्डसहितको टोलीद्वारा काठमाडौं–तराई÷मधेस दू्रतमार्गको अवलोकन
काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ले मंगलबार काठमाडौं–तराई÷मधेशदू्रतमार्गको निरीक्षण अवलोकन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले दू्रतमार्गनिर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगेरअवलोकन गरेका हुन् ।
द्रुतमार्ग निर्माणको जिम्मा २०७४ सालमा प्रचण्ड नेतृत्वकै तत्कालीनसरकारले नेपाली सेनालाई दिएको थियो । तर हालसम्मदू्रतमार्गको भौतिकप्रगति२२.४४ प्रतिशतमात्रभएको छ ।
यद्धपि२०८१को मंसिरसम्मआयोजनाको निर्माण सकिने लक्ष्यका साथकामभइरहेको नेपाली सेनाले जनाएको छ । अवलोकनमाप्रधानमन्त्री प्रचण्डको साथमाउपप्रधानमन्त्रीतथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिकतथायातायातव्यवस्थामन्त्री, अर्थ मन्त्रीप्रकाशशरण महत,नेपाली सेनाकाप्रधान सेनापतिप्रभूरामशर्मासहित सरकारका मुख्य सचिव र सचिवहरु पनि रहेका थिए ।