सभामुखविरुद्ध गठबन्धनले महाभियोग लगाउन सक्छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध महाभियोग ल्याउन पनि सक्ने बताएका छन् । बिहीबार एमाले निकट पेसागत महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान गठबन्धन र सरकारले जे पनि गर्न सक्ने भन्दै कुनै लाज शरम नभएको बताए ।
‘यिनीहरूले राष्ट्रपतिज्यूलाई महाभियोग लगाउन धेरै पल्ट खोजेका थिए, तर पार लागेन’, अध्यक्ष ओलीले भने, ‘अहिलेका सभामुखलाई पनि कुन दिन महाभियोग लगाउन बेर लाउँदैनन् ।’