विकास निर्माणको फाइल मन्त्रालयमा नभेटिदा भारतीय दूतावासमा भेटियो
काठमाडौँ । सांसद रघु जी पन्तले नेपालको जलश्रोत र सडकका प्रोजेक्ट निर्माण गर्न आवश्यक विस्फोटक पर्दाथसम्बन्धि फाइल भारतीय दूतावासमा भेटिएको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद पन्तले चिनियाँ कम्पनीले टेन्डर हालेर पाएको प्रोजेक्टमा भारतले विस्फोटक पदार्थ नपठाउने गरेको टिप्पणी पनि गरे । उनले जलस्रोत र सडक निर्माण गर्न नेपाललाई २ हजार टन विस्फोटक पदार्थ चाहिने तर त्यो नहुँदा अर्बौ रुपैयाँ नोक्सान भएको बताए ।
उनले भने ‘ मकवानपुरको सुनाचरी फयाक्ट्रीमा विस्फोटक पदार्थ वन्छ । तर पर्याप्त वन्दैन करिव २ हजार टन जलश्रोतका प्रोजेक्ट, सडकका प्रोजेक्ट निर्माण गर्न विस्फोटक पदार्थ चाहिन्छ । त्यो नभएकोले अर्बौं रुपैया नोक्सान भइसक्यो त्यसैले यस्तो अवस्था कहाँ छ के छ र कसरी समस्या समाधान हुँदैछ भन्ने विषयमा भौतिक पूर्वाधार मन्त्रीले स्पष्ट जानकारी दिनु प¥यो । ’
उनले मुग्लिन नारायनगड सडक खण्डको पुल वनाउन पहरो फुटाउन ६ महिना अगाडि विस्फोटक पदार्थ चाहियो भनेर मागेको फाईल सरकारी निकायमा फेला पर्न नसकेको तीतो यथार्थ पनि सुनाए । सांसद पन्तले फाइल न गृह मन्त्रलायमा फेला पर्छ न रक्षा मन्त्रालयमा फेला पर्छ, फाइलको विषयमा रक्षाले गृहलाई देखाउछ र गृहले भौतिक मन्त्रालयलाई देखाउँने गरेको गुनासो पनि गरे ।अन्तत त्यो फाईल भारतीय दूतावासमा फेला परेको उनको भनाइ छ ।
उनले भने ‘ के हामीले विस्पोटक पदार्थको माग गर्दा फाईल पठाउनु पर्छ ।नेपाल अन्तराष्ट्रियप्रतिद्वन्द्वीहरुको मैदान वनेको छ । ’
नेपाल एउटा आत्मनिर्भर र स्वतन्त्र देश भएको भन्दै सेनाले आफनो देशलाई चाहिने विस्फोटक पदार्थ उत्पादन गर्न सक्ने अवस्थामा राख्नु पर्ने पनि सांसद पन्तको सुझाव थियो ।