थप १०८ जनामा कोरोना, संक्रमण पुष्टि भए आइसोलेसनमा बस्न स्वास्थ्यमन्त्रालयको आग्रह
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८ जना कोरोना संक्रमितथपिएका छन् ।
स्वास्थ्यतथा जनसंख्यामन्त्रालयकाअनुसार ७ सय ७८ जनाको पीसीआर र १ हजार ६ सय ७२ जनाको एन्टिजेन गरी २ हजार ४५० को नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै सक्रिय संक्रमितको संख्या ३८६ पुगेको छ भने ६६ जनानिको भएर घर फर्किएका छन् ।
यसैबीच पछिल्लो समय संक्रमण दर बढ्न थालेपछि सरकारले संक्रमण थप फैलन नदिन सतर्कताअपनाउनथालेको छ । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले कोरोना संक्रमण भएमातत्कालआइसोलेसनमा बस्न आम सर्वसाधारणलाई आग्रह गरेको छ ।
संक्रमण भएपछि आइसोलेसनमा ५ दिनभन्दा बढी समय बस्दा कुनै पनि लक्षण नदेखिए र २४ घण्टाभित्र औषधिनखाई ज्वरो कमभएमात्यस्तो व्यक्ति सामान्य दैनिकीमा फर्कन मिल्ने स्वास्थ्यमन्त्रालयले जनाएको छ ।
ज्वरो आउनकमनभएमार सास फेर्न कठिनाई भए७दिनसम्मआइसोलेसनमा बस्नुपर्ने मन्त्रालयको भनाइ छ ।