विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं पहिलो स्थानमा
काठमाडौं । काठमाडौंआजविश्वकै प्रदूषितशहरको सूचीमापहिलो नम्बरमा परेको छ । विहान ११ बजेदेखि केही समय विश्वकै एक नम्बर प्रदूषितशहरको सूचीमा परेको काठमाडौं दिउँसो १ बजेपछिभने दोस्रो नम्बरमाझरेको थियो ।
विश्वभरका शहरहरको वायु प्रदूषणको मात्रानाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरमा काठमाडौं एक नम्बरमापुगेको हो।
विहान ११ बजेदेखि केही समयसम्म काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ थियो । जतिखेर दोस्रो स्थानमा रहेको थाइल्यान्डको चियाङ माई शहरको एयर क्वालिटी इन्डेक्स १८३ थियो ।
दिउँसो १ बजे भने काठमाडौंको एयर क्वाललिटी इण्डेक्स १ सय७२ माझरेर दोस्रो नम्बरमापुगेको थियो । दोस्रो स्थानमा रहेको चियाङ माई शहर १ सय ७४ अंकका साथपहिलो नम्बरमापुगेको छ ।
आईक्यु एयरका अनुसार तेस्रो स्थानमा कोलकाता १ सय ५८ , चौथो नम्बरमा थाइल्याण्डको राजधानी बैंकक १ सय ५६ र पाँचौ नम्बरमाभारतको राजधानीनयाँदिल्ली १ सय ५४ रहेको छ ।
देशकोविभिन्न स्थानमालागेको डढेलोका कारण वायु प्रदूषण ह्वात्तै बढेकाले सचेतताअपनाउनवातावरण विभागले आग्रह गरेको छ ।