सिंहदरवार अरु पालिकामा सार्न मेयर बालेनको चुनौती
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र साह ‘बालेन’ले सिंहदरबारलाई अर्को पालिकामा सार्न चुनौती दिएका छन् ।
समाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै उनले काठमाडौंको हितमा काम नगर्ने सिंहदरबार अर्को पालिकामा सार्न भनेका छन् । सिंहदरवार अर्को पालिकामा सार्दा काठमाडौंका स्थानीयलाई कुनै फरक नपर्ने मेयर बालेनको दाबी छ ।
उनले भने,‘कि,काठमाडौंको हितमा काम गर्नुहोस् । कि, सिंहदरबार अरु पालिकामा सार्नुहोस् ।हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन । चाहे, सिंहदरबार सार्नुहोस् । कि, राजधानी सार्नुहोस। । हामीलाई हाम्रो सम्पदा, सस्कृती, कला, सभ्यता चाहिन्छ । राजनिती होइन ।’
सिंहदरबार, शीतल निवास र बालुवाटारको फोहोर नउठाउन समेत निर्देशन दिएका उनले आफुहरुलाई राजनीति नभई सम्पदा, सस्कृती, कला, सभ्यता चाहिने बताएका छन् ।