कपनमा हत्या गरिएकी आचार्यको न्याय माग्दै आफन्तजन सडकमा
काठमाडौं । गत बैशाख ७ गते काठमाडौंैको कपनमा भएको हत्याको विरोधमा सडक अवरुद्ध पारेर प्रदर्शन गरिएको छ ।
कपनको सरस्वतीनगरमा भाडा पसल सञ्चालन गर्दै आइरहेकी निरु पाण्डे आचार्यमाथि छुरी प्रहार भएको हत्याको विरोधमा उनका आफन्तजन र अधिकारकर्मीहरु सडकमा उत्रिएका ह्न ।
घटना भएको ३ दिन वित्दा पनि प्रहरीले हत्यामा संलग्नको बारेमा सुईको समेत पाउन नसकेको र घटनाको छानविनमा कुनै तदारुकता नदेखाएको आरोप पनि प्रदर्शनमा उत्रिएकाहरुले लगाएका छन् ।
बाग्लुङ घर भएकी आचार्य कपनमा भाडा पसल सञ्चालन गर्दै आएकी थिइन । छुरी प्रहारबाट घाइते भएकी आचार्यको उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याउँदा मृत्यु भएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
३५ बर्षीया आचार्यमाथि छुरी प्रहार गरी फरार रहेको व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको पनि प्रहरीको भनाइ छ ।