राष्ट्रिय सभामा सांसदको प्रश्न : बुढीगण्डकी र निजगढ विमानस्थलको मोडालिटी कहिले बन्छ ?
राष्ट्रिय सभामा सांसदको प्रश्न ःबुढीगण्डकी र निजगढ विमानस्थलको मोडालिटी कहिले बन्छ ?
काठमाडौं । राष्ट्रिय सभा बैठकमा अन्योलमय बनेका राष्ट्रिय गौरवका आयोजना निजगढ विमानस्थल र बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि सांसदहरुले सरकारको स्पष्ट धारणा मागेका छन् ।
राष्ट्रिय सभा सदस्य सोनम ग्येल्जेन शेर्पाले सरकारको स्पष्ट धारणा माग गरे।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले भने ‘निजगढ विमानस्थलको बारेमाहामीले वर्षौ वर्ष कुरा गरिसक्यौ यसमा सरकारको स्पष्ट धारणा आउन सकेको छैन्।’
सर्वोच्च अदालतले वातावरणीय प्रभाव मुल्यांकनगरी विमानस्थल निर्माण प्रकृया अगाडि बढाउने फैसला गरेको थियो । तर, सरकारले यो बारेमा केही धारणा नल्याएको भन्दै उनले विमानस्थल कहा ँबनाउने,कसरी बनाउने भन्ने कुरामा सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय गौरवको आयोजनामा मुआब्जा व्यवस्थापनको प्रकृया व्यवस्थित नभएकोले आयोजना प्रभावितभएको बताएकाउनले बनेका आयोजनालाई पनि सरकारले व्यवस्थापन गरेर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
छलफलमा सहभागिअर्का सांसद गोपीबहादुर सार्की आछामिले पनि निजगढ विमानस्थल निर्माणको मोडालिटी स्पस्ट हुनुपर्ने र रुख कटानको विषयलाई सरकारले विशेष ध्यानदिनुपर्ने माग गरे । उनले काठमाडौं तराई फस्ट्रयाकको मुआब्जाको विषयलाई सरकारले हलगर्न नसकेको तथा आयोजना विवादित बन्दै गएकाले निर्माण कार्यमा समस्या आएको भन्दै त्यसलाई छिटो समाधान गर्नु पर्ने बताए ।
सांसद अछामीले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि सरकारको ध्यानाकर्षण गराए । ‘बुढीगण्डकीको अहिलेसम्म मोडालिटिको विषय नटुङ्गिएर समस्या परेको छ ।त्यसमा सरकारको विशेष ध्यानजाओस।’उनले भने ।
सोमबार राष्ट्रिय सभामा पेस गरिएको राष्ट्रिय सरोकार तथा समन्वयन समितिको आर्थिक वर्ष २०७५÷७६,०७६÷०७७, ०७७÷०७८को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमनएवं मुल्यांकन प्रतिवेदन २०७९माथि छलफलमा सहभागि सांसदले संसदमा पेस गरेको अनुगमन प्रतिवेदन प्रति सरकार जिम्मेवार नभएको उनीहरुको गुनासो छ।