रास्वपाले ढाकाकुमारसँग सोध्यो २४ घण्टे स्पष्टीकरण
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न दुई करोड रकम चाहिने भन्दै प्रसाईँसँग २ करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएपछि उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।