चितवन-२ मा रबि बिरुद्ध कांग्रेसले बनायो जीतनारायण श्रेष्ठलाई उम्मेदवार
चितवन -२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रबि लामिछानेको प्रतिस्पधीका रुपमा नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो । आगामी वैशाख १० गते प्रतिनिध सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ ।