ललितपुर महानगरपालिकाले थाल्यो अव्यवस्थित रुपमा सडकका पोलमा रहेका इन्टरनेटका तार काट्न
ललितपुर महानगरपालिकाले अव्यवस्थित रुपमा सडकका पोलमा रहेका इन्टरनेटका तार काट्न सुरु गरेको छ । शुक्रबार पुल्चोकको अक्षेश्वर महाविहार क्षेत्रबाट तार हटाउन थिालिएको ललितपुर महानगरका प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए । सम्पदा क्षेत्रभित्रका बिजुलीको पोलमा राखिएका प्रयोग नभएको सबै तार काट्न लगाउने अभियान थालिएको हो ।
महानगरको ऐतिहासिक र धार्मिक क्षेत्र कुरुप भएपछि इन्टरनेटको तार हटाउने काम सुरु गरिएको हाथेछुले बताए । यसअघि ललितपुर महानगरले आयोजना गरेको तार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालालाई प्रयोग नभएको तार हटाउन १० दिनको समय दिइएको थियो ।