कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर मात्र सरकारमा जाने निर्णय
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ । संघीय संसद भवनको शंकर हलमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरको महामन्त्री गगन थापाले बताए । उनले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ ।’
महामन्त्री थापाकाअनुसार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे कांग्रेसको संसदीय दलको बैठकले कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने छ । यो निर्णयसँग संसदमा कांग्रेस सत्ता पक्षको बेन्चमा बस्ने महामन्त्री थापाले बताए । यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो । फागुन १७ गतेका लागि बोलाइएको संसद बैठकमा कांग्रेस र एमाले दुवैको प्रमुख विपक्षीको दाबी थियो ।