इटलीका अल्बर्टो एनेस नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त
नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले इटलीका एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
पदपूर्ति समितिले सिफारिस गरे अनुसार एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एन्फाले मुख्य प्रशिक्षकका लागि आवेदन मागेपछि १६८ जनाले निवेदन पेश गरेका थिए । जसमध्येबाट पदपूर्ति समितिले २० जनाको नाम सर्टलिस्ट गरेको थियो ।