सुनिल थापा राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनिल थापा नियुक्त भएका छन् । राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा.सुरेश चालिसेले पूर्व मन्त्री थापा राजनीतिक सल्लाहकार नियुक्त भएको बताए ।
कांग्रेसका पूर्व सहमहामन्त्री थापा अहिले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य छन् । राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल २०७७ कात्तिकमा कांग्रेस प्रवेश गरेका थिए ।
धनकुटाका थापा मन्त्री सरहको सेवा सुविधा पाउने गरी राष्ट्रपतिको सल्लाहकार नियुक्त भएको बुझिएको छ । राष्ट्रपति पौडेलले बिहीबार मात्र आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका थिए । नेपाल पूर्व गभर्नर हुन भने कुँवर गण्डकी प्रदेशका पूर्व प्रमुख हुन् ।