मेक्सिको र अमेरिकाको सीमा क्षेत्रमा आगलागीमा परेर मृत्यु हुनेको संख्या ४० पुग्यो
मेक्सिको र अमेरिकाको सीमा क्षेत्रमा अगलागीमा परेर मृत्यु हुने व्यक्तिको संख्या ४० पुगेको छ । अमेरिका प्रवेश गर्ने सपना लिएर मेक्सिको पुगेका आप्रवासीहरूको आगलागीमा परेर मृत्यु भएको हो ।
अलजजिराका अनुसार अमेरिकाको सीमानजिकै उत्तरी मेक्सिकोको अध्यागमन हिरासत सुविधामा आगलागी हुँदा हालसम्म ४० जना आप्रवासीको मृत्यु भएको छ ।
सिउडाड ज्वारेजमा रहेको अध्यागमन हिरासत सुविधामा सोमबार आगलागी भएको थियो । मेक्सिकोको राष्ट्रिय अध्यागमन संस्थानका अनुसार आगलागीमा परेर अन्य २९ जना घाइते भएका छन् ।