रबी लामिछानेको निवार्च क्षेत्र चितवन–२ को उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना सिफारिस
आगामी वैशाख १० गते हुन गइरहेको चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ । गत बैशाखमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको हो । साथै, पूर्व जिल्ला सभापति विकास कोइरालालगायतको कारबाही फुकुवाको निर्णय लिँदै केन्द्रमा पत्राचारसमेत गरेको छ ।