दोलखा महोत्सव आजदेखि सुरु
बृहत दोलखा महोत्सव आज देखि सुरु भएको छ । दोलखाको सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा महोत्सव सुरु भएको हो। महोत्सवको उद्घाटनका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ दोलखा आएका छन् ।
मन्त्री केहीबेर अघि हेलिकप्टर मार्फत दोलखा आएका हुन्। महोत्सव फाल्गुन २७ गते सम्म चल्ने आयोजक पक्षले बताएको छ ।