एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल दुर्घटनामा
नेकपा ९एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन्।
शुक्रबार दिउँसो भुसालले चलाएको गाडी बानेश्वरस्थित डिभाइडरमा ठोक्किएको हो।
‘गाडी ठोक्किएपछि उहाँ केहीबेर बेहोस हुनुभएको थियो। अहिले अस्पतालमा उपचार भइरहेको छ, अवस्था सामान्य छ,’
भुसाललाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ।