रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रिय समिति बैठक आज अपरान्ह ३ बजे बोलाएको छ । निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरे पछि बैठक बोलाएको हो । बसुन्धारामा बस्ने बैठकमा सभापति रबि लामिछानेले राजनीनितक संयन्त्रमा भइरहेका छलफल तथा चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदारीका बारेमा छलफल गर्नेछन् ।
‘मुख्यतः पार्टीको जिम्मेवारी बाँडफाँडको बिषयमा छलफल हुनेछ, साथै समसामायिक राजनीतिक बिषयमा पनि छलफल हुनेछ’, केन्द्रीय सदस्य तथा सांसद मनिष झाले भने ।