काठमाडौंको बालजु माछापोखरी क्षेत्र तनावग्रस्त
काठमाडौंको बालजु माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर आन्दोलनरत यातायात मजदुरहरुको हड्ताल र आगजनीका कारण यो क्षेत्र तनावग्रस्त बनेको हो ।
आन्दोलनकारीले प्रहरीका दुई वटा भ्यानमा आगजनी गरेका छन् । यस्तै उनीहरुले माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट पनि भत्काइ दिएका छन् । मुल सडकमै प्रहरीको दुई वटा भ्यानमा आगलागी हुँदा घटनास्थलमा प्रहरी भने देखिएका छैनन् ।