हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो ।
कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगले प्रथम र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला आयात गर्ने योजना बनाएको छ ।
लामो समय बन्द भएको उद्योग तीन महिनाअघि मात्रै सञ्चालनमा आएको उद्योग अहिले फेरि बन्द भएको हो ।