आफ्नै श्रीमानद्वारा हङकङकी चर्चित मोडलको विभत्स हत्या
हङकङमा एक चर्चित मोडल एबी चोइका पूर्व श्रीमानले उनको हत्या गरेर शवको टुक्रा टुक्रा पारेका छन् । प्रहरीले घरको फ्रिजबाट एबीको काटिएको खुट्टा भेटेका छन् । शवको अरू टुक्राको खोजी भइरहेको छ । मासु काट्ने चक्कु, इलेक्ट्रिक कटर र केही कपडा पनि बरामद गरिएको छ ।
२८ वर्षकी चोई २२ फेब्रुअरीदेखि हराइरहेकी थिइन् । प्रहरीले २४ फेब्रुअरीमा उनको घरको तलासी गर्यो । यति बेला फ्रिजबाट उनको काटिएको खुट्टा भेटियो । हत्याको आरोपमा २५ फेब्रुअरीमा एबीका पूर्व श्रीमान्लाई पक्राउ गरिएको छ । उनलाई सोधपुछ गरेर शवको अन्य टुक्राको खोजी भइरहेको छ ।