ट्यांकरको ठक्करबाट स्वयम्भूमा बालिकाको मृत्यु
राजधानीको स्वयम्भूमा ट्यांकरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । सोमबार भक्तपुर घर भइ स्वम्भूमा बस्दै बस्ने पाँच वर्षीय बालिका रियानी देउवाको मृत्यु भएको प्रहरी बृत्त स्वयम्भुका डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।
स्वयम्भूको चागल साइडमा साइकलमा खेलिरहेकी उनलाई बा ३ खब ५३६१ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो । प्रहरीले ट्यांकर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।