पार्टीले आफूलाई न्याय नदिएको भन्दै लुम्बिनीकी पूर्व राज्यमन्त्री विमला वलीले गरिन् पार्टी परित्याग
पार्टीले आफूलाई न्याय नदिएको भन्दै लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् ।
वलीले २४ माघमा माओवादी केन्द्र दाङका संयोजक सुवास पुनलाई राजीनामा पत्र बुझाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिइन् ।