पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा दायर गरेको रिटको सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने
बलात्कार मुद्दा खेपिरहेका कलाकार पल शाहो मुद्दाको सुनुवाइ सकिएको छ । उच्च अदालत पोखरामा शाहले दायर गरेको रिटको सुनुवाइ सकिएको हो । नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले रिट दाय गरेका थिए ।
न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइ सकिएसँगै आजै आदेश आउन सक्ने बताइएको छ ।