५ वर्षपछि पुनः प्रयोगमा ल्याउँदै काठमाडौँ महानगरले वायोग्यास प्लान्ट
पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट काठमाडौँ महानगरपालिकाले पुनः सञ्चालन गर्ने भएको छ । युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ ।
कामपा वातावरण विभागका अनुसार कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहरको दिगो व्यवस्थापनका लागि यो परियोजना पुनः सञ्चालन गर्ने तयारी गरिएको हो । यसका लागि कामपाले राष्ट्रिय आविष्कार केन्द्रसँग छलफल गरिरहेको छ । “छलफल सकारात्मक भएकाले आगामी हप्तादेखि उक्त परियोजना पुनः सञ्चालनमा ल्याउने तयारीमा लागेको विभागले जनाएको छ ।
उक्त परियोजना लागि युरोपियन युनियनले रू चार करोड ६० लाख र कामपाले रू एक करोड ८२ लाख लगानी गरेका थिए ।