हरेक दिन २० भन्दा बढी मानव अधिकार उल्लंघनका घटना भइरहेको तथ्यांक सार्वजनिक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपालमा हरेक दिन २० वटा भन्दा बढी मानव अधिकार उल्लंघनका घटना भइरहेको तथ्यांक सार्वजनिक गरेको छ ।
इन्सेकले आइतबार सार्वजनिक गरेको सन् २०२२ को मानवअधिकार वर्ष पुस्तक अनुसार, नेपालमा कुल ७ हजार ३७६ वटा मानव अधिकार उल्लंघनका घटना भएको विवरण सार्वजनिक गरेको हो । इन्सेकका अनुसार, यो एक वर्षमा ३२३ को हत्या भएको छ भने २ जना बेपत्ता पारिएका छन् ।
३५ जना अपहरणमा परेको, ८१ जना गिरफ्तार भएको र ४४८ जनामाथि कुटपिट भएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । कारागारमा ५३ जनाको मृत्यु भएको छ ।