घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग प्रदर्शनीमा निःशुल्क एम्बुलेन्स सेवा
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९’ मा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ ।
महोत्सवमा कुनै आकस्मिक घटना भएमा प्रयोगका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको जानकारी आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले दिए ।