साढे दुई करोड मुल्य बराबरको सुन्तलामा पुर्यायो असिनाले क्षति
कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा इतबार साँझ परेको असिनाका कारण रु साढे दुई करोडभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ ।
पालुवा पलाउँदै गरेका तथा फूल खेल्न थालेका सुन्तलाका बोटमा हाँगा, पात आदिमा असिनाका कारण नराम्रोसँग क्षति पुगेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी दिए ।
दोपहरे क्षेत्रमा करिब २० हजार सङ्ख्याका सुन्तलाका बोटबाट उत्पादन भइरहेको र बर्सेनि यहाँका स्थानीयले लगभग रु पाँच करोड आम्दानी गर्ने गरेका छन् ।