यूएसएआईडीकी प्रमुख सामन्था पावर भक्तपुरको आदर्श मावि पुगिन्
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज बिहान काठमाडौं ओर्लिएलगत्तै उनी भक्तपुरको सानोठिमीस्थित आदर्श मावि पुगेकी छन् ।
उनलाई स्कुलका विद्यार्थीहरुले परम्परागत नेवारी नाच देखाएर स्वागत गरेका थिए । उनले स्कुलका विद्यार्थीहरुसँग बास्केटबल खेल्ने र अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।
अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदको सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री विमला राई पौड्याल, नागरिक समाजका अगुवा, सामुदायिक समूहहरू र व्यवसायीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।