रक्षामन्त्रीको भारत भ्रमण हुँदै
भारतको बैंग्लोरमा हुन लागेको ‘एयर एक्जिविसन’मा नेपालका रक्षामन्त्री हरिप्रसाद उप्रेती आफैं सहभागी हुने भएका छन् । ‘एरो इण्डिया–२०२३’ मा सहभागी हुन उप्रेतीसहितको टोलीले आइतबार भारततर्फ प्रस्थान गर्ने तयारी गरेको छ ।
रक्षा मन्त्रालयका प्रवक्ता सह–सचिव प्रकाश पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहको निमन्त्रणमा उप्रेतीसहितको टोलीले भारत भ्रमण गर्न लागेको ई बताए ।
बैंग्लौरस्थित सैनिक हवाई अड्डामा ‘एरो इण्डिया २०२३’ आयोजना गरेर भारतले हवाई प्रतिरक्षा क्षमता प्रदर्शन गर्दैछ । सोमबारदेखि पाँच दिनसम्म हुने कार्यक्रममा अन्य मुलुकका हवाई प्रतिरक्षाका अधिकारी, रक्षा मन्त्रालयका कर्मचारी, उड्डयान सामग्री उत्पादन कम्पनी, प्रविधिविज्ञहरु सहभागी हुँदैछन् ।