उच्च अदालतको आदेशविरुद्ध सन्दीप लामिछाने सर्वोच्च जाने
क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् ।
अधिवक्ता सरोज कृष्ण घिमिरेका अनुसार भोलि सर्वोच्च जाने बताएका छन् । उच्च अदालतले विदेश यात्रामा लगाएको प्रतिबन्ध तथा धरौटी रकमको विषय पुनरावलोकनका लागि लामिछानेले सर्वोच्चमा निवेदन दर्ता गर्ने तयारी गरेको घिमिरेले बताए ।