वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कडा कारबाही गर्ने: श्रम मन्त्रालय
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका हुने गरेको ठगीमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय ठगीका उजुरी बढ्दो क्रममा रहेको भन्दै त्यस्तोमा मन्त्रालय कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीका सिलसिलामा नेपालीले नेपालीलाई र रोजगारदाताले नेपाली श्रमिकलाई ठगी गर्ने क्रम बढेको जनाएका छन् । ठगी गर्ने गरेको उजुरी, गुनासा तथा समाचार बढेको भन्दै त्यसतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।