महिला मृत अवस्थामा काठमाडौँको गेष्ट हाउसमा फेला
काठमाडौँको एक गेष्ट हाउसमा महिला मृत अवस्थामा फेला परेकी छन् । काठमाडौँ महानगरपालिका-२६ मित्रनगरस्थित स्वर्गद्वारी गेष्ट हाउसमा ३४ वर्षीया अस्मिता पुन सुतेकै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।
पुन विगत तीन दिनदेखि गेष्ट हाउसमा बस्दै आएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।