मञ्च बनाउँदा लागेको खर्च १५ दिन भित्र उम्मेदवारले बुझाउनु पर्ने निर्वाचन आयोगको निर्देशन
निर्वाचन आयोगले आफ्नो चुनाव क्षेत्रमा सभा आयोजना गर्दा मञ्च बनाउँदा लागेको खर्च विवरण पेश गर्न उम्मेदवारलाई निर्देशन दिएको छ ।
आफ्नो चुनाव क्षेत्रमा भएको आमसभा वा कोणसभाका लागि मञ्च बनाउँदा लागेको खर्च चुनाव सकिएको १५ दिनभित्र पेश गर्न निर्वाचन आयोगले उम्मेदवारहरुलाई निर्देशन दिएको छ ।
निर्वाचन आयोगले संघीय र प्रदेश सरकारका मन्त्रीले चुनाव प्रचार प्रसारमा जाँदा अनुमति लिनुपर्ने बताएको छ। अनुमति लिएर चुनाव प्रचारमा गएकाहरुले सरकारी स्रोत साधन प्रयोग गरेको वा नगरेको निगरानी गर्ने पनि जानकारी गराउनु पर्ने आयोगले बताएको छ ।