नेपाली कांग्रेसका काठमाण्डौ निर्वाचन क्षेत्र नं २ ख बाट लवराम दाहाल सिफारीस
दाहालको नाम सिफारीस गरेको छ । दाहाललाई क्षेत्रीय कमिटीले प्रदेश सभामा प्रत्यक्ष तर्फ सर्वसहमत रुपमा सिफारीस गरेको हो । विं स २०४६ साल देखि निरन्तर राजनीति गर्दै आउनु भएका महाधिवेशन प्रतिनिधि दाहाल स्थानिय स्तरमा लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्छ । राजनीति पेशा होइन, समाजसेवा हो भन्ने मान्यता लिनुभएका युवा नेता दाहालले विभिन्न सामाजिक संस्थामा आवद्ध भएर समाज सेवा गर्दै आउनु भएको छ । कृष्ण प्रसाद भट्टराईको अनुयायी तथा जनता माझ राम्रो प्रभाव भएका युवा दाहाल पाचदलिय गठबन्धनबाट सर्वसहमत हुन सके जित निश्चित जस्तै देखिएको छ ।