वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर
काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।
अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।