प्रत्यक्ष सिफारिस गर्नुपर्ने नेता भण्डारीलाई समानुपातिकमा सिफारिस गरेपछि नेपाली कांग्रेसमा विवाद
नेपाली कांग्रेसका युवा नेता तथा माहासमिती सदस्य हरिवोल भण्डारीको नाम काठमाडौं क्षेत्र नम्बर ३ बाट समानुपातिकमा सिफारिस भएको छ । प्रत्येक्ष उम्मेदवार सिफारिस गर्नुपर्ने नेता भण्डारीलाई समानुपतिकमा सिफारिस गरेपछि विवाद देखिएको छ । क्षेत्रीय सभापति सन्तोष चालीसेले मनाेमानी गलत ढंगले बाट आफु र पशुराम पोखरेलको नाम सिफारिस गरे पछी नेपाली कांग्रेस क्षेत्र नम्बर ३ मा विवाद देखिएको छ ।
सभापति चालिसेले एक लौटी ढंग बाट पार्टी विधान बिपरित नाम सिफारिस गरेपछि ३ नम्बर क्षेत्रका कांग्रेस नेताहरु असन्तुष्ट बनेकाछ्न् । नेता हरीवाेल भण्डारीले भने आफु प्रत्यक्ष चुनाव लडन चाहेको र स्थानिय नेता कार्यकर्ताहरुले पनि देशै भरी युवा उम्मेदवार उठाउनु पर्छ भन्ने जनताको माग बमोजिम युवा नेता भण्डारी नै चाहिन्छ भनिरहेको अवस्थामा सभापति जि ले आग्रह पुर्वाग्रह र बदनियत पुर्व ढंग बाट आफूलाई समानुपातिकमा सिफारिस गरेकाले आफ्नो असहमती रहेकाे बताएका छन् । जिल्ला समन्वयन कमिटीले सभापती चालिसेको अन्यायपूर्ण कदम सच्याउने छ भन्ने आश रहेको पनि भण्डारीले बताउनु भएको छ ।